१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इल्चेविरुद्ध सेल्टा डी भिगो विजयी

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७७, शनिबार ०४:५६

काठमाडौं । स्पेनिस ला लिगामा सेल्टा डी भिगोले इल्चेलाई ३–१ ले पराजित गरेको छ । सेल्टाको जितमा सान्टी मिनाले दुई तथा ब्रेइस मेन्डिजले एक गोल गरे । इल्चेका इमिलियानो रिगोनीले एक गोल फर्काए । जितसँगै सेल्टाको २३ खेलबाट २९ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित इल्चे २१ खेलबाट १८ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

यता, जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगले अग्सवर्गलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा लाइप्जिगले अग्सवर्गमाथि २–१ को जित हात पारेको हो ।

लाइप्जिगको जितमा ड्यानियल ओल्मो र क्रिस्टोफेर एनकुकुले गोल गरे । अग्सवर्गका ड्यानियल कालिलगुइरीले गोल गरेपनि जित दिलाउन सकेनन् । जितसँगै लाइप्जिगले शीर्षस्थानमा रहेको बायर्न म्युनिखसँगको अंक दूरी ४ मा झारेको छ ।

लाइप्जिगको २१ खेलबाट ४४ अंक पुगेको छ । एक खेल कम खेलेको शीर्षस्थानको वायर्नको ४८ अंक छ । पराजित अग्सवर्ग २२ अंक जोडेर १३औं स्थानमा छ ।