१२ बैशाख २०८१, बुधबार
Follow Us

आर्मीका रोकायालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

नेपालब्रिटेन संवाददाता
१ फाल्गुन २०७७, शनिबार १२:१४

पोखरा । त्रिभुवन आर्मी क्लबका राजन रोकाया १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जित्न सफल भएका छन् । महिला हाफ म्याराथनमा भने नेपाल प्रहरीकी राजपुरा पछाईले बाजी मारेकी छिन् । शनिबार बिहान पोखरामा सम्पन्न म्याराथनमा नेपाली सेनाका खेलाडीहरूको वर्चस्व रह्यो । सेनाका तीन खेलाडीले शीर्ष तीन स्थान प्राप्त गर्दा राजन रोकायाले सबैभन्दा पहिले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी तय गरे ।

उनले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डको टइमिङमा उपाधि जितेका हुन् । राजनलाई अन्य खेलाडिले कडा चुनौती दिन समेत सकेनन् । चार मिनेट ९२ सेकेण्डले ज्ञान प्रसाद भट्टराईलाई पछि पारे ।

सेनाका ज्ञान प्रसादले भने दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो भए । सेनाक अर्का धावक देवराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डको टाइमिङमा तेस्रो स्थान प्राप्त गरे । पाँचथरका प्रताप तामसुहाङ चौथो भए ।

पोखरा रंगशालामाबाट शुरु भएको म्याराथन थोरपाटन, बिरौटा, लेकसाइड, जिरो किलोमिटर, सभागृह, न्युरोड, बाग्लुङ हाइवे, सिम्पानी, केआई सिंह पुल, फुलबारी, राम बजार हुँदै पुन रङगशालामा पुगी टुङ्गिएको थियो । उपाधि विजेता राजन रोकायाले नगद दुई लाख प्राप्त गरे । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमश एक लाख, ७५ हजार र २५ हजार प्राप्त गरेका छन् ।