१५ चैत्र २०८०, बिहीबार
Follow Us

आर्सनलद्धारा लिड्स युनाइटेड पराजित

नेपालब्रिटेन संवाददाता
३ फाल्गुन २०७७, सोमबार ०४:४०

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गरेभने हेक्टर बेलेरिनले एक गोल थपे ।

पराजित टोली लिड्स युनाईटेडका पास्कल स्ट्रीक र हेल्डर कोष्टाले एक एक गोल फर्काए । जितसँगै आर्सनल प्रिमियर लिग फुटबलको अंक तालिकाको दशौं स्थानमा उक्लिएको छ ।

गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई भने वेष्ट ब्रोमले १–१ गोलको बराबरीमा रोकेको छ । यसैगरी फुल्हमले एभर्टनलाई २–० ले हराउँदा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनमाथि २–१ को जित निकालेको छ ।

इंग्लीश प्रिमियर लिगमा आज राती दुई खेल हुनेछन् । आज चेल्सी र न्युकासल युनाइटेड तथा वेष्ट ह्याम युनाईटेड र शेफिल्ड युनाईटेड भिड्नेछन् ।