६ बैशाख २०८१, बिहीबार
Follow Us

बेमौसममा अचानक टोपी र धोतीको जुहारी

नेपालब्रिटेन डट कम्
१७ पुष २०७३, आईतवार ०७:०८

अनिता यादव
पुरुषले लगाउने पहिरण महिलाई पटक्कै सुहाउंदैन । कतै तपाइँ श्रीमती, अामा, बहिनी, दिदी, फुफू आदिले तपाईंले जस्तो यो पुरुषको टोपी लगाएर जोकर त भई रहेका छैनन? फेरी हामी महिलाले गुन्यू चोली दिवस मनाए भने पुरुष हरुले गुन्यू चोली लगाएर हिड्न त मिलेन ।

टोपि संसारमा धेरै देशका मानिसले लगाऊँछन। टोपी पनि थरी थरी का छन्,नेपाल मै पनि भादगाऊले टोपि,ढाका टोपि, बिर्खे टोपि र छतरे टोपि आदि…। हाम्रो मिथिला संस्कृतिमा पनि टोपी लगाउने चलन छ मिथिला टोपी लाई “पाग” भनिन्छ । अब भन्नुहोस कुन चाही टोपी दिवस मनाउने ? कसैको टोपी लाउने बानि होला,कसैको सस्कार होला,कसैको राष्ट्रीयता झल्केला आफ्नो ठाउमा छ। खै मैले त बुझ्नै सकीन किन यो बेमौसम अचानक टोपि र धोतिको जुहारी हुदैछ ?

नेपाल को इतिहासमा सवैभन्दा ठुला पदमा वस्ने भ्रष्टाचारी हरू र राष्ट्रविरोघी सन्घी सम्झौता गर्ने हरू पनि सवै टोपी लगाउने बर्ग कै छन। एक दिन टोपी लाएर राष्ट्रबादी हुने भए ३६५ दिन नै लगाउनु पर्यो। एक दिन को राष्ट्रबादले देश लाई कही लादैन । समानताको कुरा गर्न र ब्यबहारमा उतार्न सजिलो छैन आज राज्यले टोपी दिबस मनाउला भोलि अरु जात जातीले हाकुपटासी, पटुका , सामायानफुंग, छुबा , टॅटूंग लुंगी , धोती, गुन्यू चोली, बख्खु दिवस मनाउलान , खै कसरी भयो समानता ? समानता हुन टाउकोमा टोपी कम्मरमा कक्छड तराइ पहाड हिमाल समेट्ने पोसक हुनुपर्छ ! टोपीले मात्रा समबेशिता देखाउदैन । प्रतीकवादी, अस्तित्ववादी भन्दा पनी यथार्थबादी बन्न सिकौं ।

सबभन्दा पहिले टोपी, हाकुपटासी, पटुका, सामायानफुंग, छुबा, टॅटूंग लुंगी, धोती, गुन्यू चोली, बख्खु को लाज बचाउ,देशलाई आत्मनिर्भर बनाउन, स्वदेशी रोजगारको लागि बाटो बनाउ र स्वदेशी उत्पादित बस्तु विदेशमा बेच्ने बातावरण बनाउ, ज्ञान,विज्ञान,शिक्षा ,सीप तालिम, आधुनिक प्रविधि, उद्योग र कृषि विकासको लागि उल्लेखनीय काम गरेर देखाउ।यो झुठो,खोक्रो ,अन्धविश्वास र मतभेद हुने धोती , टोपी हाक्कू पोटासी, पटुका ,सामायानफुंग, छुबा, टॅटूंग, लुंगी बख्खु दिवस मनाएर राष्ट्रीयताको खिल्ली नउड़ाउँ ।

न्यू इयर इभ को पार्टीमा कोट, पॉइंट, टाइ लगाएर, बिदेशी रक्सी पियेर मनाउने अनी त्यस को भोली पल्ट टोपी लगाएर राष्ट्रीयता देखाउने देखि साबधान रहने बेला आएको छ । कतै यो डलर कमाउनेहरुको खेल त होइन ? हिमाल, पहाड र तराईका नेपाली आपसमा भेद ल्याउने समूहका पछाडि नालाग्नु होला ।

जे भए पनी टोपी दिवसको शुभकामना । मेरो शरीरमा एकसरो बस्त्र भए पनी नभए पनी म नेपाली थिए , नेपाली छू र नेपाली रहन्छु । सही बिचार र कर्म ले नेपाली बनौं । टोपी लगाउदै मा रास्ट्रीबादी र नलगाउदै मा राष्ट्र बिरोधि हुदैन । चर्को राष्ट्रवाद! खोख्रो राष्ट्रवाद! थोत्रो राष्ट्रबाद भन्दा सानो सक्ने काम ले पहिचान बनाऊ । आबश्यक परे यो मेरो देश नेपाल को राष्ट्रीयता, अखण्डताको लागि टाउकोमा टोपी होइन म बन्दुक बोक्न तयार छू ।
यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी हुन् ।