१३ बैशाख २०८१, बिहीबार
Follow Us

च्याम्पियन्स लिगः लिभरपुललाई सफलता

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७७, बुधबार ०४:५६

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा राउण्ड अफ सिक्सटिनकै खेलमा इंग्ल्याण्डको लिभरपुलले जर्मनीको आरबी लेप्जीगलाई २–० ले हराएको छ ।

जर्मनीमा भएको खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र सादियो मानेले एक एक गोल गरे । च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले स्पेनको बार्सिलोनालाई ४–१ ले हराएको छ। गएराति बार्सिलोनाको मैदानमा भएको राउण्ड अफ सिक्सटिनको पहिलो लेगको खेलमा भ्रमणकारी टोली पीएसजीका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गर्दा मोइज किनले एक गोल थपे ।

बार्साका लियोनल मेस्सीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पहिलो लेगमा फराकिलो हार भोगेसँगै बार्सिलोना दोस्रो लेगअघि दबाबमा परेको छ ।