१३ बैशाख २०८१, बिहीबार
Follow Us

उच्च पहाडि क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
१७ पुष २०७३, आईतवार १२:४६

काठमाडौं । मौसममा परिवर्तन भएसँगै देशभर चिसो बढेको छ । देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडि क्षेत्रमा हिमपात समेत भएको छ । आज ललितपुरको फुलचोकी काठमाडौंको चन्द्रागिरी लगायत महाभारत पहाडका आसपासका क्षेत्रमा हिमपात भयो । काभ्रेको ढुर्खक आसपासका गाँउमा पनि हिमपात भएको छ । ताप्लेजुङ, दोलखा, रामेछापलगायत जिल्लाका पहाडि क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, लेलेपको घुन्सा, ग्याब्लालगायतका स्थानको जनजीवन प्रभावित बनेको छ । दोलखाको जिरी आसपासका क्षेत्र, रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ ।
कपिलबस्तु चिसो
उता, शीतलहरका कारण चिसो बढेपछि कपिलबस्तुका सवै सामुदायिक विद्यालय पन्ध्र दिनका लागि वन्द गरिएका छन् । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने अवस्था आएकाले पन्ध्र दिन बिदा दिइएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । विद्यालयहरुको वार्षिक क्यालेण्डर अनुसार वर्षे विदामा कट्टा हुने गरी विद्यालय वन्द गरिएका हुन । सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, दलित र सर्वसाधारणका बालबालिकाहरु अधिक संख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभाव भएकाले पनि विद्यालय बन्द गर्नुपरेको बताइएको छ । केही दिन यता कपिलबस्तुमा दिनभर हुस्सु लाग्दा जनजीवन नराम्रोसँग प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थितिपनि न्यून छ । चिसोका कारण तौलिहवा अस्पतालमा श्वासप्रस्वास सम्वन्धी रोगका विरामी बढेका छन् ।