१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएले भूतपूर्व गोर्खा सैनिकसँग मानसिक स्वास्थ्य बारे अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७७, बिहीबार २२:०६

लन्डन । बेलायतस्थित भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायसँग मानसिक स्वास्थ्य अन्तक्र्रिया हुने भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) स्वास्थ्य समिति र एनआरएनए यूकेको आयोजनामा शनिवार सो अन्तरक्रियाको आयोजना हुन लागेको हो ।

अन्तरक्रिया नेपाली समयअनुसार राति ९ बजे र बेलायतको समय अनुसार दिउँसोको पौने ३ बजे सुरु हुनेछ ।

एनआरएनए यूकेका महासचिव फणीन्द्र भट्टराईका अनुसार कार्यक्रममा गोर्खा टाक्स फोर्स अफ एनआरएनए आईसीसी र नेप्लिज डक्टर्स एसोसिएन यूकेको सहकार्य रहने छ ।

कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, पब्लिक हेल्थ एक्स्पर्ट डा सन्जिव सापकोटा, एनआरएनए आइसीसी गोर्खा टाक्स फोर्सका अध्यक्ष चन्द्र गुरुङ, मनोचिकित्सक डा चुँडाबहादुर कार्की, एनडीए यूकेका अध्यक्ष डा रमेश खोजु, एनआरएनए यूकेका स्वास्थ्य संयोजक डा सुनिल शाह, न्यूरो मनोचिकित्सक डा निसिता पाठक, रिटायर्ड कन्सल्टेन्ट मनोचिकित्सक डा अरुण झा, मनोचिकित्सक डा सन्जय यादव र डा प्रभात अधिकारी सहभागी हुनेछन् ।

कार्यक्रम एनआरएनए यूके र एनआरएनएको फेसबुकबाट लाइभ हुनेछ ।