१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आत्मघाती गोलले लिड्स पराजित

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७७, शनिबार ०५:१०

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेमला वुल्भ्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लिड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

वुल्भ्सको जितमा गोल भने लीड्सले गरेको हो । लिड्सका मेस्लिएरले ६४ औं मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जित र भ्रमण टोलीको हारको कारण बन्यो ।

लिड्सका लागि खेलको अन्तिम समयमा प्याट्रिक बामफोर्डले बराबरी गोल गरेका थिए, तर सो गोलले मान्यता पाएन । जितपछि २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स ११ औं स्थानमा उक्लिएको छ । २४ खेलबाट ३२ अंकसहित लीड्स १२ औं स्थानमा छ ।

यस्तै आज राति भने लिगअन्र्तगत तीनवटा खेल हुँदैछन् । साउथह्याम्टन विरुद्ध चेल्सी, ब्रुन्लेविरुद्ध वेस्ट ब्रोमविच अलबीन र लिभरपुलविरुद्ध एभर्टन भीड्ने भएका छन् ।