७ बैशाख २०८१, शुक्रबार
Follow Us

मध्यपूर्वको उद्धार पारदर्शी: प्रविन गुरुङ्ग, एनआरएनए मध्यपूर्व संयोजक

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७७, शनिबार ०९:२५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक प्रविन गुरुङ्गले मध्यपूर्वका देशमा कोरोना महामारीका क्रममा भएको उद्धार कार्यमा आर्थिक हिनामिना भएको आफ्नै भनाईको खण्डन गर्दै निश्पक्ष छानविन हुने बताएका छन् ।

गुरुङ्गले शनिवार एक विज्ञप्ति जारी गर्दै ‘मध्यपूर्वका प्रत्येक देशसंग पछिल्लो आलेख लिने क्रममा बहराईन, कुवेत, ओमन र साउदी अरयिबाको सम्पूर्ण आलेखहरु पारदर्शी नै रहेको’ उल्लेख गरेका छन् ।

उनले ‘पछिल्लो समयमा आएको अपुष्ट आक्षेपका कारण मध्यपूर्वका प्रत्येक देशसंग पछिल्लो आलेख लिने क्रममा कतार, बहराईन, कुवेत, ओमन र साउदी अरयिबाको सम्पूर्ण आलेखहरु पारदर्शी नै रहेको बुझिएको छ, भने यूएईमा आईसीसी सदस्य श्री राजु केसी को संयोजकत्वमा गठित ६ सदस्यीय छानविन गठन भएको जानकारी गराउंदै समतिले सत्य तथ्य छानविन गर्ने नै छ भन्नेमा विश्वास लिएको छु’ भनेका छन् ।

गुरुङ्गले ‘कोरोना महामारी लगाएत विभिन्न विषम परिस्थितिमा अहोरात्र नेपालीहरुको दुःखमा मलम लगाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदाधिकारीहरु लगाएत सम्पूर्ण गैरआवासीय स्वयमसेवक व्यक्तित्वहरुको छबिलाई अझ उच्च राख्न छानविन’ आवश्यक भएको जिकीर गरेका छन् ।

उनले १६ फेब्रोवरीमा आफैले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको एनआरएनए उद्धार सम्बन्धी अभिव्यक्तिलाई पूर्ण जानकारी प्राप्त गर्न केहि असहज भएको भन्दै सच्चाएका छन् ।

यसअघि गैरआवासीय नेपाली संघका केही मध्यपूर्व क्षेत्रमा रहेका पदाधिकारीहरुको फेसबुक स्ट्याटसलाई आधार मानेर केही अनलाइनहरुले कोरोना पिडितको उद्धारको क्रम आर्थिक हिनामिना गरेको काल्पनिक समाचार प्रकाशन गरेका थिए ।

विज्ञप्तिको पूर्णपाठ

आदरणीय गैरआवासीय नेपाली दाजुभाई तथा दिदिबहिनीहरु तथा पत्रकार मित्रहरु
सबैमा न्यानो अभिवादन तथा नमस्कार ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व संयोजकको तर्फबाट मैले मिति १६ फेब्रुअरी २०२१ का दिन प्रेशित प्रेस विज्ञप्ती प्रति मध्यपूर्वका राष्ट्रिय समन्वय परिषद्हरुको नाम किटान गरी प्रेशित प्रेस विज्ञप्त जारी गरेको यहाँहरु सबैलाई अवगत नै छ । विभिन्न सामाजिक सञ्जाल तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियाहरुमा सिंगो मध्यपूर्वको नाम जोडिनु र यस क्षेत्रका पदाधिकारीहरु तथा गैरआवासीय नेपालीहरुले अहोरात्र खटिएर नेपालीका लागि नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै संम्रग नेपालीहरुको मन जित्न सफल राष्ट्रिय तथा अन्तर्राष्टिय पदाधिकारीहरु माथि नै गम्भीर प्रश्न सर्वत्र उठे पश्चात म मध्यपूर्व संयोजकको नाताले संस्थाको विधि र विधानलाई अवलम्बन गर्दै विशुद्ध सामाजिक कार्यमा लागेका व्यक्तित्वहरुलाई बचावट गर्नु र आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको विश्वासलाई कायम राख्न र निराशापन हुँन नदिनु मेरो दायीत्व थियो । तथापी मेरो विज्ञप्तीले निस्वार्थ काम गर्ने मेरो कर्मथलो रहेको एनसीसी कतार लगाएत मध्यपूर्वका अन्य एनसीसीहरुलाई केहि असहज भएको महशुस पक्कै गरेको छु । प्रेस विज्ञप्ती जारी गर्दै गर्दा मेरो कर्मभुमी भएको नाताले एनसीसी कतारले सञ्चालन गरेको अधिकांश कार्यक्रम तथा बैठकमा प्रत्यक्ष सहभागी समेत भएको हुनाले हरेक गतिविधिहरुको आलेख पारदर्शिता रहेको म जानकार नै थिए तर कोभिड–१९ का कारण मध्यपूर्वका अन्य मुलुकहरु संग प्रत्यक्ष भेटघाट हुन नसक्दा पूर्ण जानकारी प्राप्त गर्न केहि असहज भएको थियो ।

पछिल्लो समयमा आएको अपुष्ट आक्षेपका कारण मध्यपूर्वका प्रत्येक देश संग पछिल्लो आलेख लिने क्रममा बहराईन, कुवेत, ओमन र साउदी अरयिबाको सम्पूर्ण आलेखहरु पारदर्शी नै रहेको बुझिएको छ, भने यूएईमा आईसीसी सदस्य श्री राजु केसी को संयोजकत्वमा गठित ६ सदस्यीय छानविन गठन भएको जानकारी गराउंदै समतिले सत्य तथ्य छानविन गर्ने नै छ भन्नेमा विश्वास लिएको छु । त्यस क्षेत्रमा कोरोना महामारी लगाएत विभिन्न विषम परिस्थितिमा अहोरात्र नेपालीहरुको दुःखमा मलम लगाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदाधिकारीहरु लगाएत सम्पूर्ण गैरआवासीय स्वयमसेवक व्यक्तित्वहरुको छबिलाई अझ उच्च राख्नको लागि पनि यो छानबिन अपरिहार्य रहेको हुँदा छिटोभन्दा छिटो छानबिन भई दोषीलाई कडा भन्दा कडा कारबाही हुनेमा सम्बन्धित सबैमा विश्वस्त पार्न चाहन्छु

हार्दिक धन्यवाद सहित
#प्रविण_गुरुङ
#मध्यपूर्व_संयोजक
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति : १९ फेब्रुअरी २०१९