७ बैशाख २०८१, शुक्रबार
Follow Us

सेयर बजार दोहोरो अङ्कले बढ्यो

नेपालब्रिटेन डट कम्
१७ पुष २०७३, आईतवार १३:०५

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक २२ अङ्कले बढेर एक हजार ४६६ बिन्दुमा पुगेको छ । लगातार घट्दै आएको बजार आज बजार खुल्ने बित्तिकै उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । स्कटकाअनुसार आज रु ५७ करोड ३३ लाख ५० हजार बराबरको दश लाख आठ हजार ४०६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बैंक, होटल, विकास बैंक, जलविद्युत् तथा बिमा समूहको सेयर उकालो लाग्दा फाइनान्स र उत्पादन समूहको सेयर भने ओरालो लागेको छ । स्टककाअनुसार आज नेपाल टेलिकमको प्रतिकित्ता रु ६९८ मूल्यमा नौ करोड ४२ लाख चार हजार कित्ता सेयर खरिदबिक्री भएको थियो । लगातार ओरालो लाग्दै आएको बजारमा आजको बढोत्तरीले लगानीकर्तालाई राहत दिएको स्टकले जनाएको छ ।