७ बैशाख २०८१, शुक्रबार
Follow Us

अख्तियारद्वारा मुद्दा दायर

नेपालब्रिटेन डट कम्
१७ पुष २०७३, आईतवार १३:०७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादव, भण्डार शाखा प्रमुख राजेश्वर प्रसाद बौरिया, विर्ता उपस्वास्थ्य चौकीका इन्चार्ज श्रीराम साह र झौवागुठी उपस्वास्थ्य चौकीका इन्चार्ज सोनालालप्रसाद चौरसियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालकाअनुसार उनीहरुले आपसी मिलेमतोमा विभिन्न मेडिकल हल फार्मेसीको नाममा भुक्तानी गराउने कार्यमा नक्कली एवम् झुठ्ठा बिल भरपाई प्रतिवेदन दाखिला गरेको पाइएकाले मुद्दा दायर गरिएको हो ।
खरिद नगरेको बिल बिजक जारी गरेको र ती बिलसमेत सम्बिन्धत स्थानमा नबुझाएको देखिन आएकाले बिगोसमेत असुल उपर गरी कानुनअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ ।