१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एभर्टनद्वारा लिभरपुल २–० ले पराजित

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०७७, आईतवार ०३:४९

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई एभर्टनले २–० ले हराएको छ । गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको मर्सीसाइड डर्बीमा पाहुना टोली एभर्टनले महत्वपूर्ण जित हात पारेको हो । खेलमा एभर्टनलाई विजयी गराउन रिचार्लीसन र जिल्फी सिगुर्डसनले एक एक गोल गरे ।

सन् १९९९ पछि एभर्टनले लिभरपुललाई उसैको मैदानमा हराएको यो पहिलो अवसर हो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सी र साउथह्याम्पटन १–१ गोलको बराबरीमा रोकिंदा वेष्ट ब्रोमले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।

गएराति फुल्हमले शेफिल्ड युनाईटेडलाई १–० ले हरायो । प्रिमियर लिगमा आज राती चार खेल हुनेछन् । शिर्षा स्थानको म्यान्चेस्टर सिटीले आर्सनलसँग खेल्दा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेड, एस्टन भिल्ला र लेष्टर सिटी तथा म्यान्चेस्टर युनाईटेड र न्युकासल युनाईटेड भिड्नेछन् ।