१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हेरौं १५ महिनामा एनआरएनएका ६६ उपलब्धी !

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७७, आईतवार २२:३४

काठमाडौं । गैरआवासयि नेपाली संघ (एनआरएनए) ले विगत १५ महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेको छ । आफ्नो अभियानमा सहयोग गर्ने सम्पूर्णमा नमन गर्दै एनआरएनएले आफ्नो बिगत डेढ बर्षको अबधिमा आफुहरुले गरेका कार्यहरु बुँदागत रुपमा जानकारी गराएको हो । कोरोना महामारीका बीचमा पनि आफुहरुले अगाडि सारेका योजनाहरु अलमलमा नपरी निरन्तर कार्य गरेको एनआरएनएले बताएको छ । एनआरएनएको वर्तमा कार्यसमितिले आफ्नो बाँकी ७–८ महिनाको कार्यकालमा अझै मेहनतका साथ कार्य गर्नेे जनाएको छ ।

महिनाका उपलब्धि

• कोरोना महामारीमा २३ करोड रुपैयाँ परिचालन
• १ लाख ७० हजार कोरोना पिडित गैरआवासीय नेपालीहरुलाई राहत
• ६१ लाखको मोबाइल ब्लड बस हस्तान्तरण
• १० अर्ब लगानी नेपाल भित्रा्रयाउने तयारी
• स्मार्ट एनआरएनएको सुुरुआत
• लाप्राक नमूना बस्तीमा ५ सय ७३ शौचालय निर्माण, हस्तान्तरण हुदै
• विशेष महाधिवेशनद्वारा व्यवस्थित निर्वाचनको सुनिश्चिता

कोरोना कहरमा राहत र सहयोग
• गैरआवासीय नेपालीबाट रु १३ करोड आर्थिक सहयोग संकलन
• अन्तर्राष्ट्रिय संस्थाबाट रु १० करोड सहयोगको प्रतिबद्धता
• नेपाल सरकारलाई रु ४ करोड १६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
• नेपालका सात प्रदेशका १४ स्वास्थ्य संस्थामा मेडिकल सामग्रीहरु प्रदान
• १२ राष्ट्रिय समन्वय समितिमा रु ६५ लाख बराबर सहयोग
• ५० देशका ३०० भन्दा बढी शहरहरुमा २५ सय भन्दा बढी स्वयःसेवक परिचालन
• कोरोना पिडित १ लाख ७० हजार गैरआवासीय नेपालीहरुलाई प्रत्यक्ष सहयोग
• विश्वभरका २ सय गैरआवासीय नेपाली चिकित्सकबाट स्वास्थ्य परामर्श

कोरोना महामारीमा उद्धार, परामर्श तथा कानूनी सेवा

• अलपत्र नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारसँग सहकार्य
• नेपाली श्रमिकको सहयोगका लागि गन्तव्य मुलुकका सरकारसँग सहकार्य
• नेपाली श्रमिकको सहयोगका लागि कूटनीतिक नियोगसँग सहकार्य
• विदेशमा अलपत्र १६५ जनालाई हवाई टिकट सेवा सहित उद्धार
• ४५३ नेपाली श्रमिकलाई कानुनी परामर्श सेवा प्रदान
• २ हजार ७१३ जनालाई गन्तव्य मुलुकहरुमा खाना तथा बासको व्यवस्था
• ३,४७९ जनालाई विभिन्न कागजी प्रक्रियामा आवश्यक सहयोग
• २४५ जना श्रमिकलाई पिसिआर टेस्टको लागि आर्थिक सहयोग
• २४९ जना श्रमिकलाई काठमाडौँदेखि घर सम्मको यातायात व्यवस्था

स्मार्ट एनआरएनए
• हात–हातमा एनआरएनए एप्सको सुरुआत
• गैरआवासीय नेपाली संघको नयाँ वेभसाईट सुरु
• अनलाइनमार्फत सहयोग संकलन सुरु
• सम्पूर्ण पंजीकृत सदस्यहरुलाई डिजिटल परिचयपत्र वितरण
• आर्टिफिसियल इन्टेलिजेन्स्को माध्यमबाट सदस्यता वितरण प्रणाली
• अनलाइन भोटिङ प्रणालीको तयारी
• महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको डिजिडल डेटा वेस स्थापना

परोपकार, पुरस्कार तथा अन्य गतिविधी
• लाप्राक नमुना बस्तीका ५ सय ७३ घरमा शौचालय निर्माण
• महिला हिंसाविरुद्ध १६ दिने सचेतना कार्यक्रम सम्पन्न
• १९ लाख रुपैयाँको साहित्यक पुरस्कार स्थापना
• विश्व युवा वक्तृत्वकला सम्पन्न
• एनआरएनए ऐन संशोधनको लागि सुझाव पेश
• विदेशस्थित सम्बन्धित दूताबासको ध्यानाकर्षण
• नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य
• विश्वव्यापी बृहत् टेलिहेल्थ सेवा सुरु
• चितवन जिल्लाका लागि ६१ लाखको मोबाइल ब्लड बस हस्तान्तरण
• सुदुर–पश्चिममा ब्लड बस किन्ने तयारी
• ५५ लाख रुपैयाँको काठमाण्डौँमा नमुना सार्वजनिक शौचालय निर्माण सुरु
• ताप्लेजुङ लगायत दुर्गम तथा ग्रामिण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्राका लागि महिलामैत्री शौचालय निर्माण हुदै
• नेदरल्याण्ड र नेपालमा एनआरएनए फाउण्डेशन दर्ता अन्तिम चरणमा

कोरोनाबारे जन–चेतनामुलक कार्यक्रम

• चौबीसै घण्टा आपतकालिन टेलिफोन सेवा सञ्चालन
• पोस्टर पम्प्लेटमार्फत सचेतना कार्यक्रम
• अडियो–भिडियोमार्फत सचेतना कार्यक्रम
• कोरोना महामारी लक्षित विशेष वेभसाइट सुरु

संस्थागत उपलब्धि
• विशेष महाधिवेशन सम्पन्न, व्यवस्थित निर्वाचन सुनिश्चित
• विभागीय संरचनाको सुरुवात विभिन्न ३० देशका ५ सय भन्दा बढी विज्ञको सहभागितामा दोस्रो विज्ञ सम्मेलन सम्पन्न
• कोरोना महामारीका बीच भर्चुअल माध्यमबाट ५ क्षेत्रीय बैठक एवं सम्मेलन सम्पन्न
• प्रत्येक तीन महिनामा आर्थिक विवरण सार्वजनिक
• दुई वर्षे कार्ययोजना तथा रणनीति सार्वजनिक
• वार्षिक बजेट योजना, नीति तथा कार्यक्रम सार्वजनिक
• मितव्यी र व्यवस्थित सचिवालय
• आर्थिक, कर्मचारी, खरिद बिक्री लगायतका १ दर्जन भन्दा बढी नियमावली निर्माण

सूचना सञ्चार तथा प्रकाशन

• कोरोना सम्बन्धी साप्ताहिक बुलेटिन प्रकाशन
• अंग्रेजी भाषामा न्युज लेटर प्रकाशनको सुरुवात
• त्रैमासिक न्युज लेटर प्रकाशन
• क्षेत्रीय तथा विज्ञ सम्मेलन लक्षित बुलेटिन प्रकाशन
• नेपाल जर्नल अफ साइन्स एण्ड टेक्नोलोजिमा स्वेत पत्र प्रकाशन
• फेसबुक लगायत सामाजिक सञ्जालको प्रभावकारी परिचालन

विश्वव्यापी एनआरएनए
• संयुक्त राष्ट्रसंघ अन्तर्गतका (आइएअलओ, आइओएम) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य सुरु
• नेपाल भ्रमण वर्षको लागि विश्वव्यापी अभियान
• कालापानी लिपुलेक सीमारक्षाको लागि विश्वभरका नेपालीहरुको ऐक्यबद्धता