१५ चैत्र २०८०, बिहीबार
Follow Us

रिटन टिकट नहुनेलाई यूएईको विमानस्थलबाट र्फकाइयो

नेपालब्रिटेन डट कम्
९ फाल्गुन २०७७, आईतवार २३:०८


यूएईको विमानस्थलमा कडाइ

काठमाडौं । खाडी मुलुक यूएईले भिजिट भिसामा कडाइ शुरु गरेको छ । यूएईले दुवई अन्तर्राष्ट्रिय विमानस्थल, र अल मोक्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भिजिट भिसामा गएका नागरिकहरुलाई राउण्ड ट्रिप टिकट अर्थात फर्किने जहाज टिकट नभएमा प्रवेश नदिने नयाँ निर्देशन जारी गरेको छ ।

खासगरी यूएई भ्रमणमा जाने भारतीय र पाकिस्तानीहरुसँग राउण्ड ट्रिप जहाज टिकट नपाइएका कारण उनीहरुलाई यूएई प्रवेशमा रोक लगाइएको छ । शनिबारसम्म ३ सय ८६ पाकिस्तानी फर्काइएका छन् भने १ सय ५२ जना विमानस्थलमै रहेका छन् । त्यस्तै २ सय भारतीयहरु पनि विमानस्थलमै रोकिएको गल्फ न्यूजले उल्लेख गरेको छ ।

राउण्ड टिकट बिना यूएई गएका पाकिस्तानीसँग होटल रिजर्भेसन र आफन्तको कुनै सम्पर्क वा रिफरेन्स नभएका कारण उनीहरुलाई विमानस्थलमै रोकिएको हो । विमानस्थलमा खाना र पानी दिइएको बताउँदै दुवई अध्यागमन अधिकारीहरुले राउण्ड टिकटको प्रवन्ध गर्न नसक्नेहरुलाई सम्बन्धित विमानबाटै स्वदेश फर्काइने बताएका छन् ।

कतिपयलाई शनिबार रातिको जहाजमा फर्काइने बताइएको छ । सो विमानस्थलमा नेपाली अलपत्र परेको या नपरेकोबारे समाचारमा उल्लेख छैन । तर राउण्ड ट्रिप जहाज टिकट अनिवार्य गरिएको समाचारमा उल्लेख छ ।