७ बैशाख २०८१, शुक्रबार
Follow Us

बिग बोसको उपाधि ‘छोटी बहु’ रविनाले जितिन्

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार ०४:२०

भारतीय टेलिभिजन कलर्सबाट प्रसारण हुने बिग बोस सिजन १४ को उपाधि रुविना दिलैकले जितेकी टिन् । यस जितका साथै रुविनाले ३६ लाख रुपैयाँ नगर जितेकी हुन् । रुविना चर्चित टेलिसिरियल छोटी बहुकी चर्चित अभिनेत्री हुन् ।

राहुल वैद्य बिग बोस सिजन १४ को पहिलो रनरअफ भए । राहुल इन्डियन आइडलको पहिलो सिजनका समेत फस्ट रनरअफ थिए ।

शो का होस्ट सलमान खानले फाइनलमा पुगेका सबै प्रतिस्पर्धीलाई १४ लाख लिएर शो छोडेर जान सुझाएका थिए । सबै प्रतियोगीका लागि ३० सेकेन्ड निर्णय लिनका लागि समय दिइएको थियो ।

यसमा राखी सावन्तले १४ लाख लिएर शो छाड्ने निर्णय गरेकी थिइन् । खानले अब आठ महिना पछि सिजन १५ लिएर आउने वाचा गरेका छन् ।