८ बैशाख २०८१, शनिबार
Follow Us

व्यवस्थापिका संसदको बैठक: कार्यसूचिमा प्रवेश गर्ने सम्भावना न्यून

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार ०७:०३

काठमाडौं । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संविधान संशोधन प्रस्तावमा प्रमुख दलबीच सहमति नजुटेकाले आजको बैठक पनि अबरुद्ध हुने सम्भावना छ । संविधान संशोधन विधेयक, निर्वाचनसम्बन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बैठकको कार्यसूचिमा छ । सरकारले मंसिर १४ गते संविधान संशोधन विधेयक दर्ता गरे यताका हरेक बैठक एमालेसहित विपक्षी दलले विरोध गर्दै आएका छन् । विपक्षीको अवरोधका बीच पनि संशोधन संशोधन विधेयक प्रक्रियामा लैजाने सरकार र सत्तारुढ दलको तयारी छ । सहमति गर्न भन्दै आफूले दिएको तीन दिन सकिएपछि सभामुख ओनसरी घर्ती पनि आजबाट प्रक्रिया अगाडि बढाउने सोचमा छिन् । एकपटक बैठक अवरुद्ध भए त्यही दिन अर्को बैठक बोलाउने, दैनिक बैठक राख्ने र आवश्यक परे संसदमै शीर्ष नेतालाई राखेर छलफल गराउने सभामुखको योजना छ । संशोधन विधेयक राष्ट्रहित र असंवैधानिक रहेको भन्दै विपक्षी दल फिर्ता नलिएसम्म संसद सञ्चालन हुन नदिने अडानमा कायमै छन् ।