१३ बैशाख २०८१, बिहीबार
Follow Us

थप १ सय २५ संक्रमित

नेपालब्रिटेन संवाददाता
१० फाल्गुन २०७७, सोमबार ११:०२

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ३ हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ९० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइसोलेसनमा रहेका १ हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । थप ६६ जना अझै क्वारेन्टाइनमा छन् ।

सोमबार काठमाडौं उपत्यकामा ५२ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २० जना महिला र ३२ जना पुरुष रहेका छन् । काठमाडौं उपत्यकामा अझै पनि ९ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा ३१ र भक्तपुरमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।