८ बैशाख २०८१, शनिबार
Follow Us

विद्यार्थी बोकेको बस दुर्घटना, दुईको मृत्यु ५४ जना घाइते

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार ०७:०८

बारा । बाराको पथलैया नजिक दुधौरा पुलमा गएराती बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५४ जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाही चिसापानी गाविस एक बस्ने १८ वर्षीया रबिना बैजु र सोही गाविस ५ बस्ने १९ वर्षीय संदेश बस्नेत रहेका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । क्षमताभन्दा बढि यात्रु भएका कारण चालकले गति नियन्त्रण गर्न नसक्दा बस दुर्घटनाका घाइतेहरुले बताएका छन् । घाइतेहरुको विरगञ्ज र बाराका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । ३५ सिट क्षमताको बसमा ८५ जना विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । अग्रेजी नयाँ वर्षको अवसरमा हेटौंडाको सहिद स्मारकमा पिकनिक मनाएर फर्कदै गर्दा सर्लाहीको परबानीपुर गाविसस्थित श्री डिम जनता उच्च माविका बिद्यार्थीहरु चढेको बस दुर्घटना भएको हो । ना तीन ख सात छ छ आठ नम्बरको बस पूर्वपश्चिम महेन्द्र राजमार्गको दुधौरा खोलावाट खसेर दुर्घटनामा परेको हो ।