१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढ्यो

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७७, मंगलवार ०४:५७

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि आवश्यक सामाग्री खरिद प्रक्रिया अघि बढाएको छ । निर्वाचनका लागि चाहिने सामग्री स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरू खरिद प्रक्रिया अघि बढाइएको आयोगले जानकारी दिएको छ ।

सामग्री खरिदका लागि आयोगले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको पनि जानकारी दिएको छ । निर्वाचन सामग्री खरिदको बोलपत्र आह्वानको सूचना प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ प्रयोजनको विशेष परिस्थितिमा प्रकाशित गरिएको आयोगले जनाएको छ ।

गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेकी हुन् ।

नेकपा प्रचण्ड माधव समूहले प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्दै देशव्यापी आन्दोलन गर्दै आएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ जनाले रिट दायर गरेका थिए । त्यसको सर्वोच्चले फैसला गर्न बाँकी छ ।