१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७७, मंगलवार १३:२०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।

सुरक्षा परिषद् बैठक लगत्तै बालुवाटारमा मन्त्रिपरिषद् बैठक पनि बसेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको बालुवाटार स्रोतले बताए । एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।