१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसद पुर्नस्थापनाको बेलायतबाट स्वागत

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७७, मंगलवार १६:३७

लण्डन । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गरिदिए पछि बेलायतस्थित नेपाली समुदायले स्वागत गरेका छन् ।

मंगलवार भएको फैसलालाई प्रवासी नेपाली एकता मंच बेलायतले स्वागत गरेको छ । संस्थाका अध्यक्ष राजेन्द्र पुडासौनी र सचिव सुरेश गौतमद्धारा जारी विज्ञप्तिमा फैसला नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप भएको उल्लेख छ ।


प्रेस वक्तव्यको पूर्णपाठ

२०७७ पुष ५ गतेका दिन प्रधानमंत्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालत ले बदर गर्न फैसला गरेको छ।

प्रवासी नेपाली एकता मंच बेलायतले प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक छ भनि विरोध गर्दै आएको थियो।

आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनस्र्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै हार्दिक स्वागत गर्दछौं।

यस्तो असंवैधानिक काम गर्ने प्रधानमंत्री ओलीलाइ नैतिकताको आधारमा तत्काल आफ्नो पदबाट राजीनामा दिन समेत माग गर्दछौं।

प्रधानमंत्रीको उक्त कदम प्रतिगमनकारी हो भन्दै त्यसलाई सच्याउन दबाब दिन हामीले चलाएको अभियानमा सघाउनु हुने देश भित्र र बाहिरका सबै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

राजेन्द्र पुडासैनी सुरेश गौतम
अध्यक्ष सचिव

प्रवासी नेपाली एकता मंच बेलायत

२३ फेब्रोवरी २०२१