१६ चैत्र २०८०, शुक्रबार
Follow Us

श्रीलंका कारागारमा २६ नेपाली महिला

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७७, बिहीबार ११:०१

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ । विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटकारुपमा श्रीलंकाको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलंका प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बताए ।

ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टकोरुपमा काम गर्ने श्रीलंकाली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दयर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए । उनले भने, “हामीलृ श्रीलंका सरकारसँग समन्वय गरिरहेका छौँ । अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरुलाई छुटाउने सम्भावना न्यून छ ।”

कसरी पुगे श्रीलंका ?
नेपालका विभिन्न क्षेत्रका महिलाहरुलाई खाडी मुलुकसम्म पुर्याउनका लागि छिमेकी मुलुक भारतका पूर्वोत्तर राज्यका नाकाहरुको प्रयोग बढ्दै गएको छ । अवैध बाटो हुँदै खाडी मुलुकसम्म जानका लागि अहिले भारतका पूर्वोत्तर राज्यहरु मिजोरम तथा मणिपुरबाट सोझै म्यानमार पुगिने र त्यहाँबाट विभिन्न खाडी मुलुकसम्म पुग्न सहज भएकाले उत्त रुटको प्रयोग अहिले बढ्दो क्रममा रहेको बताइएको छ ।

भारतको दिलली विमानस्थलमा खाडी मुलुक जानका लागि नेपाली महिलालाई विभिन्न कागजपत्र खोज्न थालिएपछि भारतको मुम्बइ तथा चेन्नइ हुँदै विभिन्न खाडी मुलुक जाने क्रम बढेको माइती नेपालका पदाधिकारीहरु बताउँछन् ।

दिल्लीबाट खाडी मुलुक जान असहज भएपछि दक्षिण एसियाली मुलुकहरुमा जान सहज भएकाले श्रीलंका हुँदै नेपाली महिलालाई खाडी मुलुक पठाउने क्रम बढेको पाइएको माइती नेपालका निर्देशक विश्वराम खड्का बताउँछन् ।