१५ बैशाख २०८१, शनिबार
Follow Us

गोर्खाहरुलाई निशुल्क नागरिकता दिन बेलायती प्रधानमन्त्रीको ध्यानाकर्षण (पत्रसहित)

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७७, बिहीबार २०:५७

लन्डन । भूतपूर्व गोर्खा तथा नेपालीसंग निकट रहेका रसमोर बरो काउन्सिलका काउन्सिलर तथा लिडर अफ काउन्सिल डेभिड क्लीफोर्डले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खाहरुको हितका सवालमा ध्यानाकर्षण गराएका छन् ।

उनले अल्डरसट, फार्नबरोस्थित सेवारत र भूपू गोर्खा सैनिकका लागि ब्रिटिश नागरिकता र ‘नेचुरलाइजेसन’ मा अवरोध हटाइ निशुल्क गर्न आग्रह गरेका हुन् ।

काउन्सिलले गोर्खा, कमनवेल्थ तथा भूपू सैनिकको नागरिकता एवं सेटलमेन्ट सम्बन्धी अप्ठ्यारो अवस्था, आर्थिक बोझ, अनावश्यक झन्झटिलो प्रकृया विषयमा जानकार रहेको उल्लेख गर्दै क्लीफोर्डले पत्रमा रक्षा मन्त्रालयले उपरोक्त अवस्थालाई सहज, सरल एवं लचकता प्रदान गर्ने आशा पनि व्यक्त गरेका छन् ।