४ बैशाख २०८१, मंगलवार
Follow Us

सेसेल्स सरकारको कोरोना राहत कोषमा एनआरएनए सेसेल्सद्वारा सहयोग

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७७, बिहीबार २१:२०

सेसेल्स । अफ्रिकी मुलुक सेसेल्स सरकारको कोरोना राहत कोषमा एनआरएनए एनसीसी सेसेल्सको तर्फबाट सहयोग हस्तान्तरण गरिएको छ ।

आज एक विशेष समारोहमा एनआरएनए सेसेल्स एनसीसीका तर्फबाट अध्यक्ष रामप्रसाद पन्त, मनोज बिक र रोजमेरी राईले स्वास्थ्य विभागकी उपनिर्देशक क्याथलिन सेसीललाई सेसेल्स रुपैया ४० हजार (रु . दुई लाख चालीस हजार) बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा स्वास्थ्यमन्त्री पेग्गी भिगेडको समेत उपस्थिति थियो । पूर्वी अफ्रिकास्थित सयौ टापुहरुको सुन्दर देश सेसेल्सको पर्यटन क्षेत्रमा नेपालीहरु कार्यरत छन् ।

थुप्रै नेपालीहरुको कर्मथलोको रुपमा स्स्थापित सेसेल्सलाई नेपाली समुदायको तर्फबाट सानै भए पनि सहयोग दिन पाएकोमा आफूहरु खुशी भएको अध्यक्ष पन्तले बताए ।

कार्यक्रममा उपनिर्देशक सेसीलले सेसेल्स सरकारको तर्फबाट सेसेल्समा रहेको नेपाली समुदायप्रति आभार व्यक्त गरेकी थिइन् ।