१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतीय र चिनियाँ राजदूतले भेटे देउवालाई

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार ०३:११

काठमाडौं । नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमले चीन र भारतका राजदूतहरु पनि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनस्थापना गरेसँगैं भारतीय राजदुत विनय मोहन क्वात्रा र चीनकी राजदूत होउ यान्छी सक्रिय भएका हुन् ।

उनीहरुले बिहीबार काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेका छन् । देउवा निवास बूढानिलकण्ठमा पुगेर दुवै राजदूतले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । उक्त असंवैधानिक कदमलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको हो । हिजो नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेका थिए ।