April 13, 2021
9:18 PM | 2:03 AM
खेल

लेस्टर सिटीको खराब प्रदर्शन

  26/02/2021 मा प्रकाशित

लन्डन । लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ बाटै बाहिरिएको छ । गयराति भएको दोस्रो लेगमा लेस्टर सिटी स्लाभिया प्रहासँग २ शुन्यले हार्यो । पहिलो लेग गोलरहित बराबरी खेलेको लेस्टरले दोस्रो लेगमा २ शुन्यको हार बेहोरेसँगै लिगबाट बाहिरिन बाध्य भयो । यता नापोली पनि युरोपा लिगबाट बाहिरिएको छ ।

गयराति भएको अन्तिम ३२ को दोस्रो लेग सकिदा नापालो ग्रानाडासँग २–३ ले हार्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ को जित निकालेको नापोली ग्रानाडाको मैदानमा २ शून्यले हार्यो ।

जसको परिणाम नापोली युरोपा लिगबाट बारिरिन बाध्य भयो । यता म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गयराति भएको अन्तिम ३२ को दोस्रो लेगमा रियल सोसीडाडसँग गोलरहित बराबरी खेलेको युनाईटेड समग्रमा ४–० को जितसहित अन्तिम १६ मा पुगेको हो ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाईटेडले दोस्रो लेगमा भने गोल गर्न सकेन । पहिलो लेगमा निकालेको ४ शुन्यको जितले युनाईटेड प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो ।

प्रतिक्रिया