१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७७, शुक्रबार ०५:०६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको उनको सचिवालयले जनाएको छ। जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।

उनको अपरेशन गर्ने तयारी छ। उनको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।