१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नजिक

नेपालब्रिटेन डट कम्
१४ फाल्गुन २०७७, शुक्रबार ०५:३४

काठमाडौं। विश्वमा कोरोनाको खोप अभियान सुरु भए पनि अमेरिकामा भने कोरोना संक्रमितको संख्या थपिदैँ गएको छ। अमेरिकामा गत २४ घण्टामा मात्र ७७ हजार ३ सय ७७ जना कोरोनाका संक्रमितहरु थपिएका हुन्।

अमेरिकामा हालसम्म २ करोड ९० लाख ५२ हजार २ सय बढी कोरोनाका संक्रमितहरु रहेका छन्। ५ लाख २० हजार ७ सय ८५ जनाको हालसम्म कोरोनाका कारण ज्यान गएको छ भने गत २४ घण्टामा २ हजार ४ सय १४ जनाको मृत्यु भएको छ।

अझै पनि अमेरिकामा ९० लाख ९६ हजार २४ सक्रिया संक्रमित रहेका छन्। १५ हजार ८ सय ७१ जना कोरोनाका गम्भिर विरामी रहेको वल्र्डोमिटरले जनाएको छ। अहिलेसम्म १ करोड ९४ लाख ३५ हजा बढीले कोरोना संक्रमण जितेका छन्।

अमेरिकापछि भारतमा १ करोड १० लाख बढी संक्रमितहरु रहेका छन्। ब्राजिलमा पनि कोरोना संक्रमित हुनेको संख्या १ करोड नाघेको छ। गत २४ घण्टामा ब्राजिलमा ६७ हजार बढी संक्रमित थपिए भने भारतमा थप १६ हजार ५ सय ६८ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म विश्वमा ११ करोड ३५ लाख ३३ हजार ४ सय १८ जना कोरोनाका संक्रमित भेटिएका छन्। २५ लाख १८ हजार ३ सय ४४ जनाले कोरोनाका कारण ज्यान गुमाए भने ८ करोड ९१ लाख २१ हजार १ सय ६९ जना कोरोना संक्रमणबाट मुक्त भएको वल्र्डोमिटरले जनाएको छ।