१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जोशीको स्वास्थ्यवस्था निक्कै गम्भीर

नेपालब्रिटेन संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार ११:२७

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल रहेको चिकित्सकले बताएका छन् । शुक्रबार दिउँसो अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

मस्तिष्कघात भएपछि जोशीको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । देब्रे हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई आफुलाई अस्पताल लैजान भनेका थिए ।

अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बेहोस भइसकेका थिए । सिटी स्क्यान गरेर हेर्दा टाउकोमा रगत जमिसकेको पाएपछि वीरबाट नर्भिक अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न नर्भिकका न्यूरो सर्जन डा. राजीव झाले पत्रकार सम्मेलनमा भने, ‘उहाँ कोमामा हुनुहुन्थ्यो । सास फेर्न गाह्रो भएको थियो र बान्ता फोक्सोमा पुगिसकेको थियो ।’