१२ बैशाख २०८१, बुधबार
Follow Us

‘एनआरएनएमा चुनावी महासंग्राम’

नेपालब्रिटेन डट कम्
१५ फाल्गुन २०७७, शनिबार ०६:१७


श्रृखला १

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने १० औं विश्व सम्मेलन तथा महाधिवेशन नजिकिदै गर्दा संघका पदाधिकारीहरु अन्तरिक तयारीमा जुटेका छन् ।

संघको जनवरी अन्तिम साता सम्पन्न विषेश महाधिवेशनले पारित गरेको विद्यान अनुरुप संघका राष्ट्रिय समितिको निर्वाचनसमेत जुलाई अन्तिम सातासम्म सम्पन्न गर्नुपर्ने भएकाले विश्वभर छरिएका संघका सक्रिय राष्ट्रिय समितिहरु समेत अन्तरिक तयारीमा जुटेको पाइन्छ ।

संघको स्मार्ट एनआरएनएअन्तर्गत सबै राष्ट्रिय समिति एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) अन्तरर्गत पहिलो पटक अनलाइन भोटिङमामार्फत नेतृत्व चयन गर्ने छ । यसअघि अष्ट्रेलिया र अमेरिकाले अनलाइन भोटिङ मार्फत नेतृत्वको चयन गरे पनि विश्वव्यापी रुपमा पहिलो पटक अनलाइन मतदान हुन लागेको हो ।

९ औं महाधिवेशनको निर्वाचन

गत निर्वाचनमा गैरआवासीय नेपाली संघको नेतृत्वको लागि तत्कालिन उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा थिए । वरिष्ठताका आधारमा कुमार पन्त स्वभाविक उम्मेदवार भए पनि आचार्य नेपाली कांग्रेस पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए । जसले संघभित्र पहिलो पहिलो पटक राजनीतिक प्रतिस्पर्धाको बिजारोपण गरेको थियो । आचार्यलाई सिंगो पार्टीपंक्ति र पूर्वअध्यक्षहरु देवमान हिराचन, शेष घले, डा. उपेन्द्र महतो, भवन भट्टलगायतले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाएका कारण अनपेक्षित भोट प्राप्त गरेर चित्त बुझाएका थिए । पन्तले आफ्नो टिमका अधिकांश महत्वपूर्ण पदाधिकारीहरुलाई जिताएर संस्थाको नेतृत्व हात पारेका थिए ।

के पन्त अब दोस्रो कार्यकालमा उम्मेदवार बन्छन् ?
गैरआवासीय नेपाली संघको ऐतिहासमा विशेषबाहेक अन्य अवस्थामा अध्यक्षहरुले दोस्रो कार्यकाल दोहोराएको इतिहास छैन । दोस्रो पटक नेतृत्वमा समाल्नेमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र शेष घले हुन् । महतोले संघको फाउण्डेसन तयार पार्दै गर्दा उनको नेतृत्व अपरिहार्य भएका कारणले, घलेले पहिलो कार्यकालमा सुरु गरेका परियोजना सम्पन्न भएको कारण आम गैरआवासीय नेपालीहरुको आग्रममा दोस्रो पटक नेतृत्व समालेका थिए । भवन भट्ट र देबमान हिराचनले एक एक कार्यकाल समालेका थिए।

अर्का पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्नो उम्मेवारी घोषणा गर्दा नै एक कार्यकालको लागि मात्र भनेका थिए । उनी माथि दोस्रो कार्यकालको नेतृत्व लिन दवाव हुदाँहुदै पनि नेतृत्वमा शेष घलेलाई ल्याएर स्थापित गरेर बाहिरिएका थिए । पूर्वअध्यक्षहरुको ट्रेन हेर्दा पन्तमाथि दोस्रो कार्यकालको लागि नेतृत्व लिन बाध्यात्मक अवस्था देखिन्न । उनको भद्रपन र सालिनताले पनि आफ्नै सहयोगीसँग पुनः निर्वाचनमा गएर नेतृत्व लिन उनलाई अप्ठ्यारो छ । आफ्ना निकटवर्तिहरुलाई आफू दोस्रो कार्यकालको नेतृत्व नलिने जनाउ दिइसकेका छन् ।

उनले भावी अध्यक्षको रुपमा वर्तमान उपाध्यक्ष डा. बद्री केसीलाई सघाउने प्रायः निश्चत छ । पन्तले डा. केसीलाई संघाउने निश्चित भएपछि पुर्वअध्यक्ष शेष घले निकटहरुले केसीलाई रोक्न ठूलो शक्ति प्रयोग गर्ने निश्चित छ । गत अक्टोवर महिनामा सम्पन्न अष्टे«लिया क्षेत्रीय बैठकमा घलेले सार्वजनिक रुपमै केसीलाई अपमान गर्दै कुनै पनि हालतमा नछोड्ने (मुद्दा हाल्ने)भन्दै उनीमाथि खनिएका थिए । त्यही घले समूह कुनै पनि हालतमा केसीको नेतृत्व नस्वीकार गर्ने बरु पन्तलाई निरन्तरण दिन सहयोग गर्ने भन्दै पन्तलाई उस्काउन लागेको चर्चा संघभित्र छ । पूर्वअध्यक्ष जीवा लामिछाने निकट पन्त जति सरल छन् उत्तिकै चतुर पनि । आफ्न्तहरुलाई भिडाएर आउने प्रस्तावप्रति उनको कुनै रुचि देखिन्न् । पन्त निकट एक पदाधिकारीका अनुसार हाल काठमाडौं भ्रमण रहेका पन्तले अहिलेदेखि नै डा. केसीको लागि लविङ सुरु गरिसकेका छन् । पटकपटक भारी मत ल्याएर चुनाव जित्न सफल वर्तमान उपाध्यक्ष केसीले आफु अध्यक्ष पदको लागि स्वभाविक उम्मेदवार भएको भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

डा. बद्री केसीसँग को भिड्छ ?
शेष घलेबाहेक गैरआवासीय नेपाली संघको नेतृत्वमा आउनेहरु अधिकांश उपाध्यक्षबाटै आएका छन् । घलेसंघको सल्लाहकारबाट सिधैं अध्यक्षको बागडोर समाल्न आएका हुन् । त्योबाहेक सबै पूर्वअध्यक्षहरु उपाध्यक्ष हुदैं नेतृत्वमा पुगेका हुन् । त्यसैको निरन्तरता स्वरुप पहिलो च्यावाइस तथा वरिष्ठको रुपमा डा. केसी अघि बढेका हुन् ।


अन्य उपाध्यक्षको चर्चा गरौं

अनलाइन मिडियामार्फत भएको उम्मेदवारी घोषणालाई विश्वास गर्ने हो भने अर्का उपाध्यक्ष सोनाम लामाले अध्यक्ष पदको लागि दावी गरेका छन् । गैरआवासीय नेपाली संघका लामो समय सकृय लामा पछिल्लो निर्वाचनमा कुमार पन्त तथा केसी समूहबाट चुनाव जितेर उपाध्यक्ष बन्न सफल भएका हुन् । आफ्नै टिमबाट जितेका केसीलाई चुनौति दिन लामालाई नौतिक संकट छ तर उनी लामो समयदेखी केसीसँग रुष्ट छन् ।

संस्थागत कार्यशैलीका कारण डा. केसी र लामाबीच मतभिन्नता छ तर डा. केसीले आगामी निर्वाचनसमेत लामालाई टिममा लिएर जाने इच्छा राखेका छन् । लामाले आफ्नो उम्मेदवारी अध्यक्षमा हुने कुनै पनि हालतमा फिर्ता नहुने अभिव्यक्ति दिए पनि आफु निकटवर्तीहरुसँग भने आफ्नो उम्मेदवारीबारे प्रष्ट अडान लिन सकेका छैनन् ।

उनी निकट एक नेताका अनुसार उनले डा. बद्री केसीसँग अरु कोही नलडे आफै लड्ने तयारीमा रहेको बताएका छन् । उनी अहिले वेट एण्ड सीको अवस्थामा छन् । यदि उनले खुट्टा टेके भने पूर्वअध्यक्ष शेष घले र केही लोकतन्त्रवादीहरुको साहनुभूति प्राप्त गर्ने छन् ।

उपाध्यक्ष मध्येका एक अर्जुन श्रेष्ठ चुनावी खेलाडीका रुपमा चिनिन्छन् तर पछिल्लो समयमा उनको सकृयता हेर्दा अध्यक्षको तयारी देखिदैन् । ८ औं महाधिवेशनमा डा. केसीसँग महासचिबमा चुनाव लडेका श्रेष्ठले ९ औं महाधिवेशनमा भारी मतले विजय भएका थिए । केसीले पछिल्लो तिक्ततालाई विर्सेर श्रेष्ठसँग हातेमालो गरेर अघि बढ्ने तयारी गरेका छन् । अर्की महिला उपाध्यक्ष रविना थापा संघको केन्द्रीय नेतृत्वमा पहिलो पटक आएकी हुन् । उनको अनुभव र सकृयताको हिसावले यो कार्यकालमा नेतृत्वकै लागि चुनौती दिन सक्ने निकै सम्भवाना कम छ तर अन्तिममा डा. केसीबिरुद्ध चुनावी पत्ताका रुपमा नउदाउलिन भन्न सकिन्न् ।


किन उठ्दैनन् मन केसी ?

सन् २०१८ मा बेलायत भ्रमणमा आए मन केसी गैरआवासीय नेपाली संघ बेलायतको काउन्सिल बैठकमा सहभागी हुन अल्डरशटमा पुगेका थिए । त्यही बेला बेलायत भ्रमणमा रहेका वर्तमान अध्यक्ष कुमार पन्तसँग अल्डरशट टाउनमा दुबै जना एकाएक गायव थिए । केही पत्रकारहरुलाई छलेर दुवै जना लामो भलाकुसारी गरे । पन्तले ‘आफु एनआरएनएको अध्यक्ष आए पनि नआए पनि केसी जस्ता सक्षम र अनुभवी व्यक्ति संघमा आउनु पर्ने’ भन्दै उपाध्यक्ष सहयोग गर्ने बचन दिए । पन्तका ती शव्दमा टेकेर उनले चुनावी महोल भित्रभित्र अघि बढाए र उपाध्यक्षमा निर्वाचित हुन सफल भए । उनमा संस्थापन पक्षको लेगेसी रहदै आएको छ ।

पछिल्लो समयमा पूर्वअध्यक्ष शेष घलेको निकटभनेर उनलाई चित्रण गरिए पनि उनलाई गतनिर्वाचनमा अर्का पूर्वअध्यक्ष जीवा लामिछाले सघाएको भित्रि चर्चा छ । गैरआवासीय नेपाली संघलाई गहिरो रुपमा चिनेका केसीले डा. केसीलाई चुनौती दिन स्वभाविक छैन् । उनी कुनै दल वा गुटको उम्मेदवार बनेर नेतृत्वको लागि दौडधुप गर्न चाहान्नन् । उनको लागि उम्मेदवार बन्ने भन्दा नेतृत्वमा जाने विषय महत्वपूर्ण हो । उनलाई केसीबिरुद्ध उम्मेदवार बनाउन चाहनेहरुलाई प्रस्टै भनेका छन् ‘म आगामी निर्वाचनमा अध्यक्षको लागि उम्मेदवार हुन्न्’ ।

बिकल्पमा फेरि कुल आचार्य
९ औं महाधिवेशनमा कुमार पन्तसँग १ सय ५० मतअन्तरले पराजित आचार्यले फेरि उम्मेदवार बन्ने कसरत सुरु गरेको बताएको छ । गैरआवासीय नेपाली संघमा एक पटक पराजीत भएपछि दोस्रो पटक उम्मेदवार हुने प्रचलन छैन् । दोस्रो पटक उम्मेदवार बन्न बिधानले रोक्दैन तर व्यक्तिगत नैतिकता भने धरौटी राख्नुपर्ने हुन्छ ।

गैरआवासीय नेपाली संघभित्र डा. केसीलाई कुनै पनि हालतमा मान्दौनौ भन्नेको सानो समूह छ । केसीलाई निर्विरोध हुन नदिनको लागि उम्मेदवार खोज्दै जाँदा अरु कोही नउठे कुल छदैछ भन्नेहरु धेरै छन् । अर्थात उनीहरु आचार्यलाई जिताउन होइन् केसीबिरुद्ध लडाउन मात्र चाहन्छन् । ९ औं महाधिवेशनमा समेत महासचिव पदमा जानकी गुरुङलाई स्थापित गर्न एउटा समूहले ‘आचार्य कार्ड’को प्रयोग गरेको थियो । त्यो सफल भएन् ।

नेपाली कांग्रेस निकट एक नेताका अनुसार पहिलो पटक जस्तो आचार्यलाई दोस्रो पटक उम्मेवार भन्न सजिलो छैन् चुनाव जित्ने ग्यारेन्टी भएसम्म उम्मेदवारी दर्ता गर्न अप्ठ्यारो छ । नेपाली कांग्रेसको नाममा बन्ने उम्मेदवारले पटकपटक हार्दा पार्टीको समेत छवि बिग्रने हुँदा आचार्यप्रति पार्टीको कुनै रुचि हुने छैन् । आचार्यलाई चुनाव जित्ने ४ वटा आधार सुझाएका छन् । आचार्य समूहले तयार पारेको चुनावी आधार मध्येको एक हो उम्मेदवार डा. बद्री केसी लोकप्रिय छैन् । पब्लिक रिलेसन छैन् । यसमा आंसिक सत्यता छ ।

अहिलेका मानिसहरु आ–आफ्नो धारणा सामाजिक संजाल हेरेर बनाउछन् । त्यही आधारमा विचार दिन्छन् । डा. केसी भने फेसबुकमा जन्मदिन, विवाह लगायतमा शुभकामना दिएर चुनाव जितिन्छ भन्नेमा विश्वास राख्दैन् । उनको व्यक्तिव्यक्तिसँग पुग्ने छुट्टै संयन्त्र छ । संघको निर्वाचनमा पटकपटक लोकप्रिय मत प्राप्त गरेर जितेका केसी चुनावी रणनीतिमा चतुर छन् । रातदिन संघको काममा खटिन्छन् ।

आचार्य समूहले जित्ने दावी गर्नुको अर्को आधार गत निर्वाचनमा प्राप्त भोट हो । अहिले परिस्थिति फरक छ गत महिना पारित गरेको विधान अनुरुप अब प्रतिनिधिहरु निर्वाचनबाटै चयन हुने छन् । आफन्त, नेपाल फर्केका, विवाहमा जन्ती गएका प्रतिनिधि हुनसक्ने अवस्था छैन् ।

नयाँ प्रवाधान अनुसार गत महाधिवेशनमा गएका भन्दा करिब ५० प्रतिशत नयाँ अनुहारहरुले आगामी महाधिवेशनमा भाग लिने छन् । अर्को आधार भनेको नेकपाको फुट हो । एनआरएनएको विगतका महाधिवेशन र प्रचलन हेर्दा आगामी १० औं महाधिवेशनमा नेकपा फुट र कांग्रेसको जुटको कुनै पनि प्रभाव देखिन्न् ।

आगामी श्रृखलाहरु हेर्दै गर्नुहोला

कुन कुन पदाधिकारी चुनाव लड्दै छन् ?
कस्तो बन्दै छ डा. बद्री केसीको प्यानल ?
कहिले टुंग्लो लाग्छ केसी बिरुद्धको उम्मेदवार ?
११ औं महाधिवेशनमा को बन्छ अध्यक्ष ?
पूर्वअध्यक्षहरुको सर्मथन कसलाई जान्छ ?