१४ बैशाख २०८१, शुक्रबार
Follow Us

८१ जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७७, शनिबार ११:४१

काठमाडौं । नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३ पुगेको छ। पछिल्लो २४ घन्टामा ४८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ।