१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

नेपालब्रिटेन संवाददाता
१६ फाल्गुन २०७७, आईतवार ०९:०९

म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूतलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसँग सहयोगको आग्रह गरेपछि राजदूत क्याव मो टुनलाई बर्खास्त गरिएको हो । राजदुत मोले निर्वाचित सरकारलाई सत्ता फिर्ता नगरेसम्म सैन्य शासकसंग सहकार्य नगर्न विश्व समुदायलाई आग्रह गरेका थिए ।

राष्ट्रसंघको महासभामा उनले प्रदर्शनकारीमाथिको दमन अन्त्य गर्न, निर्दोष जनतामाथिको अत्याचार रोक्न र प्रजातन्त्र पूनर्वहाली गर्न अन्तराष्ट्रिय समुदायको सहकार्य जरुरी रहेको बताएका थिए । राजदूत क्याव मोको सम्बोधनलाई म्यानमारका लागि अमेरिकी राजदुत लिन्डा थोमस ग्रीनफिल्डले साहसको संज्ञा दिएका थिए ।

सैन्य सरकार विरुद्ध म्यानमारमा प्रदर्शन जारी छ । फेब्रुअरी एकमा सैन्य कू पछि म्यानमारमा निरन्तर प्रदर्शन भैरहेको हो । सेनाको चेतावनीका बीच हजारौं जनता निर्वाचित सरकारको पूनर्वहाली र पक्राउ परेकी नेतृ आङ साङ सूचीलगायतका नेताहरुको रिहाइको माग सहित प्रदर्शनमा सहभागी हुने गरेका छन् ।