१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतका लागि नेपाली राजदूत रेग्मी आइपुगे, आजै देखी पदबहाली

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७७, सोमबार १९:१४

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले आफ्नो पदबहाली गरेका छन् ।

सोमबार लन्डन उत्रिएका राजदूत रेग्मीले दूतावास पुगेर पदबहाली गरेको दूतावासले जनाएको छ ।

नवनियुक्त राजदूत रेग्मी बेलायतका लागि नेपालका २१ औं राजदूत हुन् ।

निजामती सेवाकै सर्वोच्च स्थान मुख्यसचिवसम्म पुग्नुअघि उनले नेपाल सरकारका अर्थ, गृह लगायतका महत्वपूर्ण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

लन्डनको हिथ्रो विमानस्थल उत्रिंदा राजदूत रेग्मी दम्पतीलाई लन्डन दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।