April 13, 2021
8:17 PM | 1:02 AM
खेल

साउथह्याम्पटनविरुद्ध एभर्टनको कठिन जीत

  02/03/2021 मा प्रकाशित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन ब्राजिलियन खेलाडी रिचार्लीसनले निर्णायक गोल गरे ।

जितसँगै एभर्टनले प्रिमियर लिगको अंक तालिकामा शिर्ष चारभित्र पर्ने संभावना जिवित पारेको छ । २५ खेलबाट ४३ अंक जोडेको एभर्टन सातौं स्थानमा रहेको छ । एक खेल बढी खेलेको वेष्ट ह्याम युनाईट्ड ४५ अंकसहित चौथो स्थानमा छ ।

शिर्ष स्थानको म्यान्चेस्टर सिटीले ६२ अंक जोडेको छ । उता स्पेनिस लिग फुटबलमा रियाल मड्रिडलाई रियाल सोसिडाडले १–१ गोलको बराबरीमा रोकेको छ । यो बराबरीपछि रियाल मड्रिडले ला लिगाको अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनालाई उछिन्ने अवसर गुमाएको छ ।

ला लिगामा २४ खेलबाट ५८ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको रियाल मड्रिडको समान ५३ अंक रहेको छ ।

प्रतिक्रिया