८ बैशाख २०८१, शनिबार
Follow Us

साइप्रसमा एक नेपाली महिलाको मृत्यु

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७७, मंगलवार १९:५०

लण्डन । साइप्रसमा एक नेपाली महिलाको मृत्यु भएको छ। रोजगारीको लागि साइप्रस गएकी ४० वर्षीया संगिता पाण्डेको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ(एनआरएनए) साइप्रसका अनुसार पाण्डेको यहि मार्च १ गते बिहान साढे ७ बजे निकोसियास्थित देफतेरा गाउँमा मृत्यु भएको हो। पाण्डेको निधनप्रति एनआरएनए साइप्रसले दुःख व्यक्त गरेको छ।

पाण्डेको मृत्युबारे थप विवरण आउन बाँकी रहेको जनाउँदै धैर्य रहन संघले अनुरोध गरेको छ । त्यस्तै, साइप्रस प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्युको आधिकारिक कारण भने अहिलेसम्म खुलिनसकेको जनाएको छ।