१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अष्ट्रीयामा आफ्नै तीन सन्तानको हत्या गर्ने महिलाको सुनुवाई हुदैं

नेपालब्रिटेन डट कम्
१८ फाल्गुन २०७७, मंगलवार २०:०४

लण्डन । नेपाली महिलाले आफ्नै तीन संन्तानहरुको हत्या गरेपछिको अदालती प्रकृया सोमबारदेखि शुरु हुने अष्ट्रीयाको प्रतिष्ठित पत्रिकाले जनाएको छ । गत अक्टोबर महिनामा ३१ वर्षिया चन्द्रा भट्टराई अर्यालले आफ्नै तीन सन्तानहरुको हत्या गरेको आरोप लागेको छ ।

उनलाई यतिखेर अस्वाभाविक मानसिक अवस्थामा कानून भंग गर्नेहरूलाई राख्ने ठाउँमा राखिएको बताएको छ ।

उनले ९ र ३ वर्षकी छोरीहरु र ७ महिनाको छोरोलाई सिरानीले थिचेर मारेकी थिइन् ।

आफ्नै सन्तान हत्या गरेकि नेपाली महिलाको तर्फबाट अष्ट्रीयाकै चर्चित महिला वकिल अस्ट्रीड भाग्नरले वकालत गर्ने भएकी छन् ।

सोमबार नै हत्या गरिएकी महिलाका श्रीमान्लाई समेत अदालतमा उपस्थित गराइने छ । ती महिलाको मानसिक उपचार गरिरहेका चिकित्सकका अनुसार उनी मानसिक रूपमा अत्यन्तै पीडामा छन् ।

अहिलेसम्मको घटनाक्रम अनुसार ती महिलाले कठोर सजायँ पाउन सक्ने भनेर पत्रिकाले लेखेको छ ।

सो हत्याकाण्डमा चर्चित महिला वकिलले बहस गर्ने बताइए पछि अष्ट्रीयन मिडियाहरुले निकै चासोका साथ समाचारहरु सम्प्रेषण गरेका छन् ।