७ बैशाख २०८१, शुक्रबार
Follow Us

कोलोराडोमा तमु ल्होसार सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार १०:०३

नातिबाबु भट्ट । कोलोराडो, अमेरीका । तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो।
तमु प्ले ल्हु संघ अमेरीकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले सांकृतीक कार्यक्रम गरी तमु ल्होसारको अवसरमा सुभकामना आदान प्रदान गरेका हुन्।

तमु प्ले ल्हु संघ अमेरीकाका अध्यक्ष तौ बहादुर तमुको अध्यक्षतामा तथा गुरुङ पुरोहीत कुम बहादुर तमुको प्रमुख आतिथ्यमा बोल्डरमा संम्पन्न कार्यक्रममा एक संस्कृतीक कार्यक्रम संगै पुरोहितबाट सबैलाई नयां बर्षको उपलक्ष्यमा आर्शिबाद प्रदान गरिएको थियो ।
नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गाएर सुरु गरिएको कार्यक्रमको प्रमुख अतिथी कुम बहादुरले पानसमा बत्तीबालेर कार्यक्रमको उद्धाटन गरेका थिए ।

कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, व्याबसाही, सर्बसाधारणको बाक्लो उपस्थिती रहेको कार्यक्रममा रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमु धि कोलोराडोका अध्यक्ष चन्द्र बहादुर गुरुङ, याक एण्ड यतीका दिनेश भट्टराई, कार्यक्रमका सभापती, प्रमुख अतिथी लगायतका अतिथीहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो ।

तमु ल्होसार २०७३ को आ≈वान मौलिक भाषा, धर्म, संस्कार, संस्कृती सहितको सम्मान भन्ने मुल नारालाई आत्मासाथ गर्दै सम्पन्न कार्यक्रममा गुरुङ, तमाङ लगायत बिभिन्न भाषाका गीतमा कलाकारहरुले आ–आºनो कला प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु आङ्खनै सांस्कृतीक पहिरनमा सझिएर आएका थिए ।

तमु प्ले ल्हु संघ अमेरीकाको सचिव संन्तोष तमु र कल्पना तमुले संचालन गरेको कार्यक्रममा सभापती तौ बहादुर तमुले उपस्थित सबैलाई धन्यबाद दिदै तमु संस्कृती जोगाईराख्न, तथा अमेरीकामा जन्मेहुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बादर बर्गलाई बिदाई गर्दै चरा बर्गलाई स्वागत गरेका छन् ।

नयां बर्ष ल्होसारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आºनो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।
dsc_0006

dsc_0013

dsc_0015

dsc_0031

dsc_0034

dsc_0044

dsc_0055

dsc_0058

dsc_0069

dsc_0096

dsc_0109

dsc_0143

dsc_0152

dsc_0158

dsc_0166