२६ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा. कोइराला

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७७, बुधबार ०७:१६

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । महामन्त्री डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए । फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।

काँग्रेस संसदीय दलको बैठक शुक्रवार
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको हो । बैठकमा फागुन २३ गते अपराह्न ४ बजे बस्ने पुनः स्थापित प्रतिनिधिसभा आह्वान गरिएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरी टुङ्गो लगाउने नेपाली काँग्रेसका नेताहरूले बताएका छन् ।