११ बैशाख २०८१, मंगलवार
Follow Us

म्यान सिटीलाई १५ अंकको अग्रता

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७७, बुधबार ०७:४४

लन्डन । इंग्लीश प्रिमियर क्लब म्यान्चेस्टर सिटीले लगातार २१ औं जित निकालेको छ । गत डिसेम्बर १५ यता खेलेका सबै प्रतियोगिताको सबै खेल जितेको म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा पनि १५ अंकको अग्रता लिएको छ ।

गएराति भएको खेलमा सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई ४–१ ले हरायो । सिटीका लागि ग्याब्रियल जिससले दुई गोल गर्दा रियाद माहारेजले एक गोल थपे । अर्को एक गोल वुल्भरह्याम्पटनका डेन्डोन्करले आत्माघाति स्वरुप गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको छ ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ५० अंकसहित दोस्रो स्थानमा रहँदा ४९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।