७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने दाहाल-नेपाल समूहको निर्णय

नेपालब्रिटेन संवाददाता
१९ फाल्गुन २०७७, बुधबार ११:०८

काठमाडौँ । नेपाल कम्युष्टि पार्टी (नेकपा) दाहाल-नेपाल समुहको केन्द्रीय कमिटी बैठकले सुवास नेम्बाङलाई स्थायी कमिटीबाट निलम्बन गर्ने भएको छ । आज (बुधबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङलाई तीन दिनभित्र उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।

त्यस्तै आजको बैठकले केही दिनअघि नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले केन्द्रीय सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको छ । त्यस्तैगरी शहरी विकासमन्त्री प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको छ ।

बैठकले सबै नेताहरुलाई पार्टीको पक्षमा फर्कन आग्रह गर्दै बिना पूर्वाग्रह जिम्मेवारी दिइने पनि निर्णय गरेको छ । पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगले हालसम्म केही निर्णय नगरेकोमा पनि बैठक दुःख व्यक्त गरेको छ ।