१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतका लागि पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७७, बिहीबार ०८:५१

लन्डन । गैरआवासीय नेपाली संघ युकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) नियुक्त भएका छन् ।

पर्यटन बोर्डले गत २५ फेब्रोअरीमा एनआरएनए यूके संस्थापक अध्यक्ष श्रेष्ठलाई आगामी दुई वर्षका लागि अनरेरी पब्लिक रिलेसन्स रिप्रेजेन्टेटिभ (एचपीआरआर) नियुक्त गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) डा धनन्जय रेग्मीले श्रेष्ठलाई नियुक्ति र बधाइ दिंदै उनको कार्यकालमा नेपालको पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

बोर्डले श्रेष्ठलाई नियमित अपडेटसहित प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ । श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर अपरेटर्स, होटल व्यवसायी लगायत सरोकारवालासंग निकट रहेर काम गर्ने बताएको छ ।