१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लाप्राकमा उत्रिए चार हेलिकप्टर, नमूनावस्तीको अवलोकन भ्रमण सम्पन्न (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७७, बिहीबार १०:१९

लण्डन । गैरआवासीय नेपाली संघका अभियन्ताहरुले लाप्राक नमूना वस्ती परियोजनाको अन्तिम चरणको अवलोकन गरेका छन् ।

विहीवार चार हेलिकप्टर सहित एनआरएनए अभियन्ताहरुको टोली लाप्राक नमूना वस्ती उत्रिएको थियो ।

परियोजनाका कार्यहरु अन्तिम चरणमा पुगेको संघका उपाध्यक्ष सोनाम लामाले जानकारी दिए । बाँकी रहेका कामहरु यही आउने बैशाखको पहिलो हप्तामा सक्ने तयारी संघले गरेको छ ।

वैशाख १२ गते नमूना वस्ती लाभग्राहीहरुलाई एक भब्य कार्यक्रम गरी हस्तान्तरण गरिने लामाले जानकारी दिएका छन् ।

अवलोकन कार्यक्रममा सहभागी हुन राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, सल्लाहकार कुल आचार्य, उपाध्यक्ष डा। बद्री केसी, युरोपका क्षेत्रीय उपसंयोजक कृष्ण प्रसाद तिमिल्सिना, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज गोरखाली, मध्यपूर्वका पूर्व क्षेत्रीय उपसंयोजक राजु शैयद, स्पेनबाट प्रतिनिधित्व गर्ने आइसिसि सदस्य चिन्तामणी सापकोटा, एनसिसिका युएसका निवर्तमान अध्यक्ष डा केशव पौडेल, एनसिसि युएसएका उपाध्यक्ष बुद्धिसागर सुवेदी, परियोजनाका सहसंयोजक श्याम तामांग गोर्खाको धार्चे पुगेका थिए ।

संचारकर्मीहरु, कार्यक्रममा उपस्थित धार्चे गाउँपालिका अध्यक्ष, स्थानीय प्रतिनिधिहरु, लाभग्राहीहरु लगायत अवलोकन भ्रमणमा सहभागी थिए ।

परियोजना सम्पन्न हुन लागेको देखेर स्थानीयहरुले प्रसन्नता प्रकट गरेको युरोप उपसंयोजक कृष्ण तिमल्सीनाले नेपालब्रिटेन डट कमलाई बताए ।