१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोदालो प्रहार गरी बागलुङमा एक वृद्धको हत्या

नेपालब्रिटेन डट कम्
२० फाल्गुन २०७७, बिहीबार १४:२०

बागलुङ । हत्या अभियोगमा बागलुङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–२ भीमा पोखराका ३५ वर्षीय सोमबहादुर किसान रहेका छन् ।

सामान्य विवादमा सोमबहादुरले कोदालो प्रहार गर्दा स्थानीय ८४ वर्षीय यामबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले बताउनुभयो । कोदालो प्रहारबाट घाइते भएका केसीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते विष्णुमती चापागाई र लक्ष्मी चापागाईको धौलागिरी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।