१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मुस्कान खातुनले जितिन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार ०५:२२

काठमाडौं । एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

एसिड आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले मार्च आठमा भर्चुअल कार्यक्रमका सो उक्त पुरस्कार प्रदान गर्ने दूतावासले जनाएको छ ।

यो अवार्ड पाउने खातुन संसारकै सबैभन्दा कम उमेरको व्यक्ति भएको नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिएका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि २०७६ भदौ २१ गते वीरगञ्जमा विद्यालय जाने क्रममा एसिड आक्रमण भएको थियो । वीरगञ्जस्थित गणेशमान सिंह चोकमा १६ वर्षका सम्साद मियाँ हजामले खातुनमाथि एसिड प्रहार गरेका थिए ।