८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७७, शनिबार ०४:३४

काठमाडौं । सत्तारुढ नेकपाको ओली समूहको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह चार बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

नेकपाकै दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बसेको भोलिपल्ट ओली समूहको बैठक बस्न लागेको हो । नेकपा ओली समूहले संसदीय दल बैठकमार्फत आफ्नो पक्षमा बहुमत देखाउन प्रयास गर्नेछ ।

अध्यक्ष ओलीले शुक्रबार साँझ बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका थिए । नेकपाका दुबै समूहले संसदीय दलमा आफ्नो बहुमत रहेको दाबी गर्दै आएका छन् ।

शुक्रबार दाहाल-नेपाल समूहको भेलामा १ सय १५ सांसद सहभागी भएको दावी सो समूहले गरेको छ । नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदको मत लिनुपर्छ ।

नेकपाका प्रतिनिधिसभामा १ सय ७२ र राष्ट्रियसभामा ४९ सस्दय छन् । प्रतिनिधिसभामा सभामुख र एक जना मृत्यु भएका सांसद गरी जम्मा १ सय ७४ सदस्य र राष्ट्रियसभामा अध्यक्षसहित जम्मा ५० जना सदस्य रहेका छन् ।