१५ चैत्र २०८०, बिहीबार
Follow Us

विप्लपजीलाई पार्टीमा स्वागत गर्न आतुर छुः प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७७, शनिबार १०:०२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गरेका छन् । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्न आफू प्रतीक्षामा रहेको बताए ।

उनले आफूले कोरोको गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिए । ‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनु भयो, तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु’, उनले थपे, ‘उहाँ (विप्लव) अन्ततः पार्टीको बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यस अर्थमा उहाँलाई पनि म धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा छु ।’

विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको उनले स्मरण गरे । अहिले विप्लव आफूले हिंडेकै बाटोमा आएकामा खुशी व्यक्त गर्दै उनले भने, ‘मैले उहाँलाई जति बुझेको छु, चिनेको छु । उहाँ अन्तत, यही लाइन र यही टिममा आउनै पर्छ ।’