१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राउत क्षत्री सेवा समाजमा भगवान पुनः अध्यक्ष

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०७७, शनिबार १५:००

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको छ । सहअध्यक्ष अस्मिन राउत र हरिकृष्ण राउत निर्विरोध चयन भएका छन् ।

उपाध्यक्षहरुमा मेघबहादुर राउत, गोविन्द राउत र भीमबहादुर राउत चयन भएका छन् भने सभाले महासचिवमा श्याम राउत चयन गरेको छ । शिशुपाल राउतलाई सचिव पदमा, धनबहादुर राउत (रोशन) लाई सहसचिवमा, इराजकुमार राउतलाई कोषाध्यक्षमा, प्रधुम्न राउत सहकोषाध्यक्ष पदमा भएका छन् ।

सदस्यहरुमा राजु राउत, लोकेन्द्रबहादुर राउत (आरसी), सुजन राउत, कविता राउत, विजय राउत, मोहनबहादुर राउत, विशाल राउत, बसन्त राउत, देवेन्द्रबहादुर राउत, बिनोदकुमार राउत, इन्द्रबहादुर राउत र रामबहादुर राउतलाई चयन गरेको छ ।

अधिवक्ता हरि राउत, रामेश्वर राउत (मातृदास) र अधिवक्ता भरत राउतको ३ सदस्यीय निर्वाचन मण्डलले उक्त नयाँ कार्यसमिति चयनको घोषणा गरेको थियो । शपथ ग्रहणपछि निर्वाचन मण्डलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिएको थियो ।

नयाँ कार्यसमितिका तर्फबाट समाजका नवनिर्वाचित अध्यक्ष भगवानबहादुर राउतले भवन निर्माण सम्पन्नसँगै कुलायन मन्दिरको निर्माण कार्य चाँडै थालनी गर्ने प्रतिबद्धता व्यक्त गरे, उनले देशभरका राउत दाजुभाइ, आमा, दिदी बहिनीहरुलाई एकताबद्ध गर्दै आगामी दिनमा सबैको हित हुने र समाजको प्रतिष्ठालाई उचाइमा पु-याउने विभिन्न गतिविधि गर्ने बताए ।