८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएद्धारा मध्यपूर्वमा भएका उद्धारको अनुगमन गर्न उपसमिति गठन

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार १६:१५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ को संक्रमण पछि मध्यपूर्वका देशबाट भएका उद्धार र सहयोगको कार्यलाई अनुगमन गर्न बिभिन्न समिति गठन गरेको छ ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार नेपाल, कतार, मलेसिया, साउदी अरब र यूएईमा भएका उद्धारको अनुगमन गर्न संघले राष्ट्रिय स्तरमा उपसमिति गठन गरेको हो ।

श्रेष्ठका अनुसार नेपालको संयोजक रामेश्वर शाह र सदस्यहरुमा राजेश राना र लोकराज शर्मा छन् ।

यस्तै कतारको संयोजकमा प्रविण गुरुङ्ग र सदस्यहरुमा रान रेग्मी, रमेश भट्ट, होमनाथ शर्मा, युवराज शमाए र केबी हमाल छन् ।

उपसमितिमा मलेसियाको संयोजकमा खगेन्द्र न्यौपाने र सदस्यहरुमा महेन्द्रजंग शाह, टेक बहादुर टमटा, विश्वबिक्रम राई, शंखर बहादुर पौडेल छन्। साउदी अरबको संयोजकमा राजेन्द्र अर्याल र सदस्यहरुमा नारायण पास्वान, ओम घले, शिवराज जैशी, र दीपक रेग्मी छन् ।
यस्तै संघले युएईबाट उद्धारका कार्यमा भएका कमिकमजोरी पत्ता लगाउन ५ जना सदस्य रहेको एक छानविन समिति गठन गरेको छ ।

समितिमा राजु केसी, भवानी प्रसाद तिमल्सीना, बाबुराम विश्वकर्मा, महेश गिरी, लक्ष्मण खनाल र महेश मोक्तान सदस्य रहेको एक समिति गठन गरिएको छ ।

यसअघि गैरआवासीय नेपाली संघले केन्द्रिय अनुगमन समितिको गठन गरेको थियो । समितिको संयोजकमा महेश कुमार श्रेष्ठ र सदस्यहरुमा भूमा लिम्बु, प्रविन गुरुङ्ग, मनोज श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, खगेन्द्र न्यौपाने छन् । यस्तै सो समितिको सल्लाहकारमा आरके शर्मा र डिबी क्षेत्री रहेका छन् ।