१२ बैशाख २०८१, बुधबार
Follow Us

गुलाफ साटासाट गरेर एनआरएन अस्ट्रियाले मनायो नारी दिवस

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७७, आईतवार १९:०२

भिएना: ‘चुनौती दिन छनौट गर्नुहोस्’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन अष्ट्रीयाको महिला फोरमले आज अष्ट्रीयाको राजधानी भिएनामा एक विशेष कार्यक्रम आयोजना गरी ११० औ अन्तर्राष्ट्रिय नारी दिवस मनायो। एनआरएन अस्ट्रियाकी महिला संयोजक सम्झना बोहोरा र सह संयोजक एलिजा श्रेष्ठले उक्त कार्यक्रममा सहभागी महिलाहरुलाइ छोटो स्वागत मन्तव्य दिएका थिए। इनास अस्ट्रियाकी अधेकश्क सन्तोषी भण्डारी, नेसास अस्ट्रिया उपधेकश मंजु खड्का र एनआरएन अस्ट्रियाकी प्रवक्ता बाबा राजेश्वरी थापाले आआफ्ना अभिव्यक्ति राख्दै नारी दिवसको शुभकामना व्यक्त गरेका थिए।

अस्ट्रियामा रहेको बन्दबन्दीको कारण यहाँ बसोबास गर्ने सबै महिलाहरुलाइ सहभागी गराउन नसके पनि स्वइच्छाले उपस्थित महिलाहरुलाई महिला संयोजक बोहोरा र सह संयोजक श्रेष्ठले गुलाफको फूल दिएर शुभकामना व्यक्त गरे।सामाजिक दूरी कायम गर्दै यस कार्यक्रम आयोजित भएको थियो तर दिदिबहिनीहरुको लागि दिदिबहिनीहरुले आफैले घरबाट तयार गरेको नेपाली तथा अस्ट्रियन परिकार खादै न्यानो घाममा भेटघाट गर्न पाउनु नै खुशी हो भनी सहभागी मध्ये एक गंगा पोखरेलले बताइन।

यकिन तथांक नभए पनि अस्ट्रियामा करिब ३०० जना महिलाहरु रहेको अनुमान महिला संयोजक सम्झना बोहराको छ। अस्ट्रियामा बसोबास गर्ने महिलाहरु स्वास्थ्य, पर्यटन, शिक्षा लगायत विभिन्न पेशामा संलग्न छन्। अस्ट्रियामा खुलेका स्थानीय संघसंथाहरुमा महिलाहरुको नेतृत्व बढ्दो छ।