१३ बैशाख २०८१, बिहीबार
Follow Us

संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुल्यो

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार १३:०१

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजालसले संशोधन विधेयकमाथि अन्तरिम आदेश जारी गर्नु नपर्ने निश्कर्ष निकालेको हो । संशोधन विधेयक गैर–संवैधानिक रहेको भन्दै अधिवक्ता टीकाध्वज खड्का र पूर्वसांसद मञ्चका विष्णुबहादुर राउतले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलापछि सरकारलाई संविधान संशोधन विधेयक अगाडि बढाउने बाटो खुलेको छ । तराई–मधेस केन्द्रित दलका माग सम्बोधन गर्न भन्दै सरकारले मंसिर १४ गते संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको थियो ।